Thu Dec 1 2022
आर्थिक

सुनको मूल्यमा वृद्धि, कति भयो आज ?

आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । हिजो मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ३०० ले बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै हिजो मंगलबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।