Mon Nov 28 2022
मुख्य खबर

खराब मौसमका कारण एक महिनादेखि हवाई सेवा बन्द

बैतडी । बैतडीको हवाइ सेवा एक महिनादेखि बन्द रहेको छ ।

यात्रुहरू पाउन छाडेपछि हवाइ सेवा बन्द गरिएको हो ।

गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

मौसम सफा हुँदै गएकोले अब केहीदिनपछि नियमित उडानको तयारी भएको बैतडी नागरिक उड्डयन कार्यालय, पाटनले जनाएको छ ।

१८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको छ ।

हाल दैनिक ५-७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन् । १४-१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सक्ने जनाइएको छ । गत वर्ष पनि एक महिना खराब मौसमका कारण एक महिना हवाई सेवा बन्द भएको थियो ।