Wed Nov 30 2022
Breaking News

कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु, ३ हजार ६३७ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ११ हजार ५ सय ८२ जनाको परीक्षण गर्दा २ हजार २ सय ५ जनामा पीसीआर र १ हजार ४ सय ३२ जनामा एन्टीजेन पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै देशभर थप १२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

हाल नेपालमा ६९ हजार २ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ लाख १५ हजार ७ सय ९६ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ ।