Mon Nov 28 2022
मुख्य खबर

कानको समस्या समाधानका घरेलु उपचार :-

खोलाको कलकल ध्वनि, कोइलीको कुहु कुहु अनि बाँसुरीको सुरिलो धुन । यी ध्वनिहरु आफैमा मनमोहक र सुमधुर बनेका होइनन् । तपाईं हाम्रो कान छ र त यी सुमधुर बनेका छन् । कान अर्थात श्रवण शक्तिविनाको जीवन कल्पना पनि गर्न सकिन्न । तसर्थ कानको स्वास्थ्यको बारेमा हामी चर्चा गर्दैछौँ ।

कानको समस्याका धेरै प्रकारहरु हुन्छन् । जस्तै— कान पाक्नु, कान दुख्नु, कान कम सुन्नु, कान कराउनु आदि । यो समस्यालाई प्राकृतिक तथा घरेलु तरिकाबाट उपचार गर्ने तरिका निम्नानुसार छन् —

भोजन १‍. धेरै दुखाइ भएको अवस्थामा खाना खानुको सट्टा फलफूल र जूसमात्र सेवन गर्नु लाभदायक मानिन्छ ।

२. यो अवधिमा सुन्तलाको जूसमा पानी मिसाएर पिउनुपर्दछ ।

३. दैनिक भोजनमा सन्तुलित आहार (आँटा, ब्राउन राइस, सलाद, तरकारी, फलफूल आदि) समावेश गराउनुपर्दछ ।

४. दैनिक ओखरको सेवनले पनि श्रवणशक्ति विकास गर्दछ ।

घरेलु उपचार

१. दुखेको कानमा तोरीको तेल हल्का तताएर अदुवाको रस २–३ थोपा मिलाएर कानमा राख्दा आराम मिल्दछ ।

२. कानमा कीरा पसेको भए मनतातो तेल राख्नाले कीरा मर्छ र बाहिर निस्कन्छ ।

३. कानको दुखाईमा मनतातो प्याजको रस कानमा २–४ थोपा राख्नाले पनि दुखाई कम गर्छ ।

४. कान पाक्ने फोका उठ्ने समस्या छ भने तोरीको तेलमा थोरै नुन मिलाएर मनतातो बनाई कानमा राख्ने र त्यसको वरपर मालिस गर्न सकिन्छ ।

५. तोरीको तेलमा लसुन पकाइ सो तेल साँझ बिहान २–२ थोपा कानमा लगाउन सकिन्छ ।

६. कानबाट झोल बग्छ भने नीमको पातको रस शुद्ध मह मिलाएर कानमा राख्न सकिन्छ । यसले दुखाई कम गर्नका साथै बहिरोपन कम गर्न सघाउँछ ।

७. गाईको पिसाव वा आफ्नै पिसाब केही थोपा कानमा राख्नु पनि ज्यादा प्रभावकारी हुन्छ ।

साभार : ‘एक सय एक उपचार’ पुस्तकबाट