Wed Nov 30 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा थप १५ सय ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ संंक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा ३५ हजार ७४८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१७३६, ललितपुरमा ९३६० र भक्तपुरमा ४६५२ सक्रिय संक्रमित छन्।