Thu Dec 1 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा ७४५ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जना कोभिड संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

काठमाडौंमा १६ हजार ३, ललितपुरमा ९ हजार ३५१ र भक्तपुरमा ३८२९ जना गरि उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ पुगेको छ।