Wed Nov 30 2022
समाचार

हिमपातका कारण हुम्लामा ४ दिनदेखि हवाई सेवा ठप्प

काठमाडौं । गत बिहीबारदेखि परेको हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । हुम्लाका विभिन्न हिमाली क्षेत्रका बाक्लो हिउँ जमेको छ ।

मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प भएको छ ।

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिनुभयो । विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ ।