Wed Dec 7 2022
देश

देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटारमा भेटेको खुलासा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेको खुलासा भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् ।

देउवा र प्रचण्डबीचको भेटवार्तामा एमसीसीबारे छलफल भएको थियो ।

त्यसअघि आइतबार बिहान नौ बजे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री देउवाले आगामी आगामी माघ २६ गते बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्न जोड दिएका थिए ।