जोडिनुहोस
  • होमपेज
  • आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

काठमाडौं । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ ।

नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन ।

नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत वर्ष नेपालबाट निर्यात हुने दर एकै आर्थिक वर्षमा २१ दशमलव ४ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा २ खर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएकोमा गत वर्ष २०७९–८० मा ४३ अर्ब रूपैयाँले घटेर १ खर्ब ५७ अर्ब रुपैयाँको मात्रै निर्यात भएको तथ्यांक रहेको छ ।

निर्यात घट्नुको प्रमुख कारण नै खाने तेल हो । भारत र अन्य मुलुकबाट पाल्म, तोरी र भटमास आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात गर्ने गरेका कारण निर्यात घटेको हो ।

अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै मात्र भारत निकासी गर्ने अन्य वस्तु पनि छन् । सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ ।

गत आर्थिक वर्षमा तोरी मात्रै २४ अर्ब ६ करोड ३ लाखको आयात भएको तथ्यांक छ । यसैगरी कच्चा पाम आयल मात्र २५ अर्ब ९१ करोड ५४ लाख ८७ हजारको आयात भएको देखिएको छ । यसमा पनि प्रशोधित पाम आयलका अन्य कच्चा पदार्थ ३० अर्बभन्दा बढीको आयात भएको देखिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका