जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड र बालेनका अभिव्यक्ति अराजकः शेखर कोइराला

प्रचण्ड र बालेनका अभिव्यक्ति अराजकः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कोइरालाले प्रधानमन्त्री प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेनको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने ठोकुवा गरे ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्रीले बोल्न नहुने उनको भनाइ थियो । उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्नेसमेत बताए। केही दिनअघि प्रचण्डले आफू जातीय पहिचानको पक्षमा रहेको भन्दै सबैलाई सोही किसिमको प्रदेश छुट्याउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका