जोडिनुहोस
  • होमपेज
  • भारतीय प्रधानमन्त्री मोदी र बेलायती प्रधानमन्त्री ऋषि सुनकबीच द्विपक्षीय भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी र बेलायती प्रधानमन्त्री ऋषि सुनकबीच द्विपक्षीय भेटवार्ता

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आफ्नो बेलायती समकक्ष ऋषि सुनकसँग भारतको अध्यक्षतामा रभइरहेको जी–२० शिखर सम्मेलनको दौरानमा द्विपक्षीय भेटवार्तामा गरेका छन् ।

दुई नेताबीच शिखर सम्मेलनस्थल प्रगति मैदानस्थित भारत मण्डपममा भेटवार्ता भएको हो ।

यस वर्षको मे महिनामा हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनको बेलामा पनि दुई नेताबीच भेटवार्ता भएको थियो । त्यतिबेला उनीहरूले भारत—बेलायत दुई देशबीच स्वतन्त्र व्यापार सम्झौता, नवप्रवर्तन र विज्ञानका साथसाथै व्यापक रणनीतिक साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल गरेका थिए।

यस वर्षको अगस्टमा, केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र बेलायतका वाणिज्य सचिव केमी बडेनोकले एफटीएको बारेमा छलफल गरेका थिए र वार्तालाई अगाडि बढाउने उपायहरूमा सहमत भए।

यसअघि भारतीय प्रधानमन्त्री मोदी र बेलायती प्रधानमन्त्री ऋषि सुनकले जी–२० शिखर सम्मेलनमा ‘वन अर्थ’ को पहिलो सत्रमा भाग लिएका थिए।

भारत मण्डपम शिखर सम्मेलनमा भाग लिन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत विश्वका नेताहरूलाई मोदीले स्वागत गरेका थिए। ऋषि सुनक र प्रधानमन्त्री मोदीले नमस्ते र हात मिलाएर एक अर्कालाई न्यानो अभिवादन गरे।

दुवै नेताले एकअर्कालाई अँगालो हालेर क्यामेरामा पोज दिएका थिए । सुनक, पत्नी अक्षता मुर्तीसँगै शुक्रबार दिल्ली पुगेका थिए । गत अक्टोबरमा बेलायतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि ऋषि सुनकको प्रधानमन्त्रीका रूपमा यो पहिलो भारत भ्रमण हो।

बेलायतसँगको भारतको बहुपक्षीय द्विपक्षीय सम्बन्ध सन् २००४ मा रणनीतिक साझेदारीमा स्तरोन्नति भएपछि तीव्र भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका