Mon Nov 28 2022
मुख्य खबर

चीनसँगको सीमा समस्याबारे अध्ययनपछि मात्र धारणा दिन्छौँः प्रवक्ता कार्की

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे सरकारले अध्ययन गरेर मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय मिडियाले एक गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार प्रकाशित गरेकै दिन उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने ।

उनले भारत र चीनसँगको सीमा समस्या कूटनीतिक ढंगले सरकारले समाधान गर्नेसमेत बताए । भारत र चीनसँग सीमा समस्या आउन नदिन सरकार प्रयत्नशील रहेको उनले जनाए ।