जोडिनुहोस
  • होमपेज
  • जी–२० सम्मेलनमा विश्व नेताहरू संयुक्त घोषणापत्रका लागि सहमत

जी–२० सम्मेलनमा विश्व नेताहरू संयुक्त घोषणापत्रका लागि सहमत

नयाँ दिल्ली— भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएको जानकारी दिएका छन् । आजको सम्मेलनपछि प्रधानमन्त्री मोदीले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी गराएका हुन् ।

जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो । शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली देशहरु रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन् । चीनले रुस–युक्रेन युद्धको विरोध गरेको छैन ।

जी–२० देशहरुको विश्वको अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो । विश्वको कुल जनसंख्या मध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन् ।
यसैबीच, नयाँ दिल्लीमा भइरहेको जी–२० शिखर सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन् ।

आफ्नो स्वागत सम्बोधनमा प्रधानमन्त्री मोदीले भने, ‘तपाईंहरू सबैको सहमतिमा अगाडिको कार्यवाही सुरु गर्नु अघि म अफ्रिकी संघका अध्यक्षलाई जी२० को स्थायी सदस्यको रूपमा आफ्नो स्थान लिन आमन्त्रित गर्दछु।’

जी–२० मा १९ वटा देश र युरोपेली संघ र आज थप भएको अफ्रिकी संघ गरी २१ सदस्य भएको छ ।

अब जी–ट्वान्टीमा १९ देश र दुई महासंघ सदस्य बनेका छन् । शिखर सम्मेलनको शुरुमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो पुस्ताले विश्व अर्थतन्त्रको उथलपुथल, उत्तर–दक्षिण र पूर्व–पश्चिम बीचको भिन्नता, खाद्यान्न संकट, मल संकट जस्ता चुनौतीको सामना गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका