Mon Nov 28 2022
Breaking News

थप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्।