जोडिनुहोस
  • होमपेज
  • भन्सारबाट रोकिएन अवैध सुन ओसार पसार, मंगलबार पनि एक किलो सुन बरामद

भन्सारबाट रोकिएन अवैध सुन ओसार पसार, मंगलबार पनि एक किलो सुन बरामद

काठमाडौं । गत साउन ३ गते हङकङबाट नेपाल अवैध भित्रिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला पनि नेपालमा थप अवैध सुन क्रमश आउने गरेको भटिएको छ । मंगलबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका व्यक्तीको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । भन्सार जाँचपास गरेर भन्सार बाहिर ट्याक्सी मार्फत सुन कारोबार हुन लागेको संकेत पाएपछि प्रहरीले उक्त सुन बरामद गरेको काठमाडौं प्रहरीले जनाएको हो । स्रोतका अनुसार अवैध सुन कारोबारीमा संलग्न रहेका सुन लिने तयारीका साथ सो क्षेत्रमा पुगेका व्यक्ती भने फरार रहेकाले खोजीकार्य जारी छ ।

पछिल्लो समय पनि सुन तस्करी न्युनीकरण गर्ने उदेश्यले अनुसन्धान कडा गरिएपनि कसरी सुन बाहिरिरहेको छ रु यसको अहिले पनि भन्सारका क्रमचारीहरुले सेटिङमा नै काम गर्न थालेका हुन कि भन्ने संका उत्पन्न भएको छ । भन्सार जाँचपास राम्रो हुँदा कसरी सुन बाहिरिनछ रु

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका