Wed Dec 7 2022
मुख्य खबर

देशभर १३ सय ६९ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । त्यस्तै, बिहीबार २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।