Wed Dec 7 2022
मुख्य खबर

लोसपाबाट निकालिए राजेशमान सिंह सहितका नेता

पर्सा– लोसपाले पर्साका केही नेतालाई पार्टीबाट निकालेको छ ।

बिहीबार पर्सा कार्य समितिमा केही नेतालाई पार्टीबाट निकालेको हो । लोकतान्त्रिक समाजवादी पार्टीका राजेशमान सिंह, प्रेमबाबु पटेललगायत नेतालाई निष्काशन गरिएको छ ।

सिंह, पटेललगायत नेताहरू निष्कृय रहेर पार्टीविरुद्धका गतिविधिमा संलग्न रहँदै आएकाले निष्काशन गरिएको पर्सा अध्यक्ष पुरुषोत्तमलाल झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।