जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको कराँची विश्वविद्यालयका प्राध्यापकद्वारा पारिश्रमिक नपाएको भन्दै साँझको कक्षा बहिष्कार

पाकिस्तानको कराँची विश्वविद्यालयका प्राध्यापकद्वारा पारिश्रमिक नपाएको भन्दै साँझको कक्षा बहिष्कार

कराँची– कराँची विश्वविद्यालय (केयू) का प्राध्यापकहरूले साँझको कक्षाहरू बहिष्कार गरेका छन् । उनीहरुले एक वर्षदेखि पारिश्रमिक नपाएको विरोध स्वरुप कक्षाहरु बहिष्कार गरेको डन न्यूजले उल्लेख गरेको छ ।

केयूका उपकुलपति प्रोफेसर खालिद एम इराकीले भर्खरैको बैठकमा साँझको पठन–पाठन घाटामा चलिरहेको बताएका छन् ।

कराँची युनिभर्सिटी टिचर्स सोसाइटी का अध्यक्ष प्रोफेसर सोलेहा रहमानले भनिन्– “बैठकमा उपस्थित सबैका लागि उपकुलपतिका यी टिप्पणीहरू सुन्नु एकदमै निराशाजनक छ। त्यसैले सबै शिक्षकले सर्वसम्मतिले अनिश्चितकालका लागि कक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । बिहानको कार्यक्रमको तुलनामा साँझको कार्यक्रमको शुल्क तीन गुणा बढी रहेको उनले बताइन् ।

प्राध्यापक रहमानले उपकुलपतिले शिक्षकहरूलाई कुनै पनि हिसाबले राहत दिन नसकेकोमा खेद व्यक्त गरिन्। उनले युनिभर्सिटीको प्यानल सूचीबाट दुई ठूला निजी टर्सरी केयर अस्पताललाई हटाएकोमा शिक्षकहरू पनि गहिरो चिन्तित रहेको बताइन्।

‘उही बैठकमा यो विषय उठेपछि उपकुलपतिले सरकारी कर्मचारी भएका शिक्षकले विश्वविद्यालय प्यानलमा स्वास्थ्य सुविधामा समस्या आएमा उपचारका लागि सरकारी अस्पतालमा जानुपर्ने बताइन् ।

शिक्षकहरूका अनुसार उपकुलपतिले विश्वविद्यालयका कर्मचारी र उनीहरूका छोराछोरीको सेमेस्टर शुल्क मिनाह गर्न अस्वीकार गरेका थिए, जुन यसअघि शिक्षक र गैर—शिक्षक कर्मचारीहरूलाई उपलब्ध थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?