Wed Dec 7 2022
मुख्य खबर

अरुण नदीको बेलिब्रिज भाँचियो

संखुवासभा — मकालु गाउँपालिका १ वालुङ र ५ नुम जोड्ने अरूण नदी माथिको बेलिब्रिज भाँचिएको छ ।

अरुण नदीमा निर्माण गरिएको पुल शनिबार दिउँसो भाँचिएको हो । निर्माण सामग्री बाकेको ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

तीन वटा ट्रक एकैपटक क्षमता भन्दा बढी निर्माण सामग्री लिएर गएपछि पुल भाँचिएको हुनसक्ने जनाइएको छ । निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको ट्रक पुल भत्किएपछि बीच पुलमा अल्झिएको थियो भने चालक र सहचालकलाई सकुशल उद्धार गरिएको छ ।

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । ५४ मिटर लामो बेलिब्रिजको क्षमता भने ३० टन मात्र रहेको थियो । २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।