Wed Nov 30 2022
देश

भोलिको प्रतिनिधि सभा बैठक दुई दिन पर सर्‍यो

काठमाडौं । फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ ।

संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक दुई दिन पर सरेको हो ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी थिइन् ।

बैठकमा प्रमुख विपक्ष नेकपा (एमाले) का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थियो ।