Wed Dec 7 2022
देश

एसका भातृ संगठनले गरे एमसीसीबिरुद्ध बिरोध प्रदर्शन

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौंताबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

आज सो पार्टीको भातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै बिरोध प्रदर्शन गरेको हो । पर्दशनमा एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद लगायतका प्लेकार्ड सहितको नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा पार्टीसँग आवद्ध भातृ संगठनका नेताहरुले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमसीसी यथास्थितीमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।