Mon Nov 28 2022
मुख्य खबर

बसमा बिस्फोट हुँदा उत्तरपूर्वी चीनमा एकको मृत्यु, ४२ घाइते

उत्तरपूर्वी चीनमा सार्वजनिक बसमा भएको बिस्फोटमा परी एक जनाको भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङमा विन्टर ओलम्पिक भइरहेका बेला लिआओनिङ प्रान्तको राजधानी सेन्याङमा बिस्फोटको घटना भएपछि चिनियाँ अधिकारीहरूले गम्भीर अनुसन्धान थालेका छन्।

गत शनिबार साँझ भएको बिस्फोटका कारण बसका शिशा फुटेका छन्। प्रत्यक्षदर्शीले बसमा आगो भने नलागेको बताएका छन्। प्रहरीले बिस्फोटको कारण के हो भन्नेबारे जानकारी दिएको छैन।

बिस्फोटमा परी घाइते भएका ४२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। संसारभरिका खेलाडी जम्मा भएर बेइजिङमा विन्टर ओलम्पिक चलिरहेका बेला भएको बिस्फोटलाई सुरक्षाका दृष्टिले निकै चासोका साथ हेरिएको छ।