जोडिनुहोस
  • होमपेज
  • क्यानडा–भारत तनावबारे बोल्यो अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

क्यानडा–भारत तनावबारे बोल्यो अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

एजेन्सी । अस्ट्रेलियाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोपको मुद्दा भारतसँग उठाएको बताएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सञ्चारमाध्यमसँग कुरा गर्दै क्यानडामा भएको हत्यामा भारतको संलग्नताको आशंका चिन्ताजनक रहेको बताइन् ।

वोङले भनिन्, “विषय अझै अनुसन्धानकै क्रममा छ। तर स्पष्ट रूपमा यी रिपोर्टहरू चिन्ताजनक छन्, हामी हाम्रा साझेदारहरूसँग यस विषयलाई नजिकबाट पछ्याउँदैछौं।”

के अष्ट्रेलियाले पनि क्वाडको सदस्य भएकोले जापानसँग यो मुद्दा उठाउने छरु यस प्रश्नमा विदेशमन्त्रीले भनिन्– “अविदेशमन्त्रीको हैसियतले कुन मुद्दा कहिले र कसरी उठाउने हो भन्न सक्दिनँ । अष्ट्रेलियाको स्थिति यो हो कि हामी देशको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ भन्ने विश्वास गर्छौं। हामी विश्वास गर्छौं कि कानूनको शासनको सम्मान गर्नुपर्छ।”

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशंका व्यक्त गरे र क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।

त्यसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो र उनलाई भारत छोड्न पाँच दिनको समय दिएको थियो।

भारत सरकारले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई बेतुका भनेको छ। आफ्नो देशको संसदमा भारतलाई आरोप लगाउने ट्रूडोले मंगलबार अर्को बयान दिएका छन्।

उनले आफू भारतलाई उक्साउन नचाहेको तर भारतले यो विषयलाई गम्भीरताका साथ लिन चाहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका