Wed Dec 7 2022
आर्थिक

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।