Fri Dec 9 2022
Breaking News

मन्त्री आलेको अपाच्य बोली, ५० लाखको डिल ! के छ अडियोमा ?

अमृत ढकाल- पछिल्लो समय वेतिथि र विसंगती विरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत हुँदै आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले एकाएक विवादामा तानिएका छन् ।

सस्तो लोकप्रियताका लागि फन्डा अपनाएको भन्दै आलोचना खेप्न सुरु गरेका मन्त्री आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा भाइरल भएपछि चौतर्फी आलोचाना भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले यस्ता पात्र हुन् जो आफ्नो बोलीकै कारण पटक–पटक विवाद र चर्चामा आइरहेका छन् । कहिले सात नम्बरको गिएरले सरकार अघि बढ्छ त कहिले रुखले कार्बनडाइअक्साइड दिन्छ, कहिले काले काले मिलेर खाउँ भाले जस्ता उनका बोली सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

पछिल्लो समय उनको आलोचना मात्रै होइन उनले गरेका कामको समेत प्रशंशा र समर्थन हुँदै आएको थियो । तर सोमबार उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनीक भएपछि चौतर्फी आलोचना भएको छ ।
भारतको मुम्बईबाट फोन गरेका व्यक्तीले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् ।

अडीयो सार्वजनीक भएसँगै जगत ओलीले विगत १ वर्ष देखि मन्त्री आले सँग ५० लाख रुपैयाँ मागेको समेत खुलासा भएको छ । जगत ओलीले ५० लाख रुपैंया दिएको खण्डमा अडियो डिलिट गर्ने र नत्र सार्वजनिक गरिदेने धम्की समेत दिएको खुलेको छ ।
राजनीतिलाई नजिक बाट निकायालेका राजनीतिक विश्लेषक विनय यादव राजनीतिक दलका नेताले प्रयोग गर्ने शब्द निकै आपत्तीजनक भएको टिप्पणी गर्छन् ।

वाहिर जस्तो अडियो सार्वजनीक भएपनि मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले भने आपत्ति जनाएको छ । सार्वजनिक पदमा नहुँदा भएको अनौपचारिक तथा व्यक्तिगत विषयलाई अनाधिकृतरूपमा सार्वजनिक गरिएको सचिवालयको दाबी छ ।