जोडिनुहोस
  • होमपेज
  • विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई महामन्त्री थापाको आग्रह

विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई महामन्त्री थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् । सरकारले हालै संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदामा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय बन्दजस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरुप बदल्न शिक्षकहरुलाई आह्वान गरेका हुन् ।

उनले भने, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायतका असहमत पक्ष र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन हुनुपर्छ र त्यसका निम्ति हाम्रो सतत प्रयास र पहलकदमी रहने छ’ ।

उनले शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन संसद्हरू प्रतिबद्ध रहेको पनि बताएका छन् । देशभरबाट हजारौंको संख्यामा उपस्थीत भएका शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा दोस्रो दिन पनि प्रदर्शन गरिएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका