जोडिनुहोस
  • होमपेज
  • मुगुमा लागेको भीषण आगलागीबाट आठ घर खरानी

मुगुमा लागेको भीषण आगलागीबाट आठ घर खरानी

शुक्रबार राती १२ बजे मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ। आगलागीबाट आठवटा घर जलेर नष्ट भएका छन्।

गमगढी गमगडी बजारको कृष्ण चोक क्षेत्रमा पर्ने पुतल शाहीको घर देखि तार्के लामाको घर सम्म रहेका ८ घरहरू र ती घरहरूमा रहेका ९ पसल र गोदाम जलेका छन्।

जलेका घरहरू तार्के लामा , सोनाम लामा, ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ।

उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौंको क्षेती हुन सक्ने अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छन्।

गमगढी खानेपानीको पानी प्रयोग गरि आगो नियन्त्रण गर्ने प्रयास जारी छ।

आगो के कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको एकिन विवरण आउन नसकेको प्रहरीले बताएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।

यश अघि ०७८ कार्तिक २९ गते गमगढी बजारमा भएको भीषण आगलागी भई ठूलो क्षती भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका