जोडिनुहोस
  • होमपेज
  • दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना ९साउन भदौ ० मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट ९एसपिए० मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

भदौमा मात्र ५१ वटा नयाँ उद्योगमा दुई अर्ब ७२ करोड २४ लाख रूपैयाँ र एसपिए र एसएसएमार्फत् ११ वटा उद्योगमा तीन अर्ब १६ करोड ६१ लाख रूपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ ।

भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगबाट पाँच हजार पाँच सय दुई जनाले रोजगारी पाउने छन् । यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका