Wed Nov 30 2022
देश

मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ ।

बिहिबार बिहान ५ बजेर ५५ मिनेटमा बसले दुईजनालाई किचेर फरार भएको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले जानकार्ी दिएका छन् । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् ।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।