जोडिनुहोस
  • होमपेज
  • ब्रुनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

ब्रुनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा खेलको ४५औं मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस सिजनमा म्यानचेस्टर युनाइटेडको यो तेस्रो जित हो । यो जितपछि ६ खेलमा युनाइटेडको ९ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ ।

त्यसैगरी बर्नलीको भने यस सिजनमा यो चौथो हार हो । ५ खेलमा बर्नलीको एक अंक छ र लिगमा पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका