Mon Nov 28 2022
देश

महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरी । महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भ्रएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो । गम्भीर घाइतेलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बुधबार बेलुकी पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।