जोडिनुहोस
  • होमपेज
  • प्रधानसेनापति शर्मा भारत प्रस्थान

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गर्नुभएको थियो । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नुपूर्व आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ । भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति असोज ११ गते स्वदेश फर्कनुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका