Wed Nov 30 2022
Breaking News

एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहले एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी राखेका छन् ।

‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाउदै सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनेर रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ ।

गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो ।