जोडिनुहोस
  • होमपेज
  • क्यानडाका सभामुखद्वारा राजीनामा

अन्तर्राष्ट्रिय

क्यानडाका सभामुखद्वारा राजीनामा

क्यानडाका सभामुखद्वारा राजीनामा

अटोवा । हिटलरको नाजी सैनिकको पक्षमा लड्ने एक व्यक्तिलाई क्यानडाको हाउस अफ कमन्समा निमन्त्रणा गरेर सम्मान गरेको विषयमा त्यहाँको सभामुखले राजीनामा दिएका छन् ।

यस विषयलाई लिएर चर्को आलोचना हुनुका साथै राजीनामाको माग भएपछि एन्थोनी रोटाले मंगलबार अटोवामा पार्टीका नेताहरूसँग छलफल गरेर पदबाट राजीनामा दिएका हुन् । संसद्‍मा उनले भने, ‘मैले सभामुखको पद छाड्नुपर्छ । म सबैसँग माफी माग्न चाहन्छु ।’

गत शुक्रबार क्यानडाको संसद्ले पूरै विश्वको ध्यान खिचेको थियो । सभामुख रोटाले ९८ वर्षीय योरोस्लाभ हुंकालाई युक्रेन युद्धको हिरो बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको उपस्थितिमा संसद्मा सबैले उभिएर उनलाई सम्मान गरेका थिए ।

तर पछि हुंका हिटलरको सेनामा रहेको र नाजीको तर्फबाट दोस्रो विश्वयुद्ध लडेको खुलासा भएको थियो । यस घटनापछि क्यानडाका कयौँ नेताले ट्रुडो प्रशासनको निन्दा गर्दै रोटाको राजीनामाको माग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका