Mon Nov 28 2022
मुख्य खबर

देश बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो : राप्रपा अध्यक्ष लिङ्देन

अमृत ढकाल- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ३१ वर्षदेखि देश बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको बताएका छन् । आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विगत ३१ वर्षदेखि देश बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा ज्ञानेन्द्र शाही नेतृत्वको सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानलाई राप्रपामा सहभागी गर्दै अध्यक्ष लिङ्देनले देश विकास गर्ने जनताले कांगेस तथा एमालेको विकल्प खोज्नु पर्ने बताएका हुन् ।

राप्रपामा नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टीले केन्द्रीय सदस्य र प्रवक्तामा समेत मनोनीत गरेको छ । उनले राप्रपा राष्ट्रवादी दल भएकाले पार्टी प्रदेश गरेको बताएका छन् ।

समान विचार तथा सिद्धान्त बोकेर हिँडेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने पार्टीको अभियानका क्रममा शाहीसहित उनको अभियानलाई पार्टी प्रवेश गराइएको राप्रपाले बताएको छ ।