Mon Nov 28 2022
देश

गोकुल बाँस्कोटाले भने- एमाले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी हो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति असन्तुष्टि जनाएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमा आक्रोस पोख्दै असन्तुष्टि जनाएका हुन्।

एमाले बोलेन भनेर अरुले भनिरहन आवश्यक नभएको उनको टिप्पणी छ। उनले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी नै एमाले भएको बताएका छन्।

‘अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो। समाधानबिनानाको उग्रताले कहीँ पनि पुर्‍याउॅंदैन। फलानो बोल्यो, तिलानो बोल्यो, एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन। दबाब र प्रभावभन्दा परै बसेर सुदूर भविष्यसम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।’