Mon Nov 28 2022
देश

एमसीसी आजै टेबल हुन्छः प्रवक्ता कार्की

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।

बालुवाटार गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीसँगको कुराकानी प्रवक्ता कार्कीले सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने बताएका हुन् ।

गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मी ‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, उनले भने । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।

यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प्रतिनिधिसभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबलको प्रस्तावसहित कानुनमन्त्री दिलेन्द्र बडू बैठकमा पुगेको छ । बैठक बानेश्वरस्थित संसद भवनको शंकर हलमा केहीबेर सुरु हुँदैछ ।