Wed Jun 29 2022
देश

विवाहमा कुटपिट हुँदा एक युवकको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको मृत्यु भएको छ ।

आइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विवाद चर्कदै गएपछि कुटपिटहुँदा बसन्तका गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो ।

कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।