Wed Aug 17 2022
देश

नेता पौडेलले सत्ता साझेदार दलका शीर्ष नेता भेट्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुसँग छुट्टाछुट्टै भेट गर्न लागेका छन् ।

नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेको उनी निकट एक नेताले बताएका छन् ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे छलफल गर्न लागेका हुन् ।

एमसीसी संसदमा पेश गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाएका छन् ।