Wed Jun 29 2022
देश

१० दिनभित्र विभागहरु गठन गर्ने एमालेको निर्णय

 

काठमाडौं । विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय गरेको छ ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।

१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ ।
तत्काललाई ९ सदस्यीय विभाग गठन गरी पछि ३५ सदस्यीय बनाउने निर्णय भएको पार्वत गुरुङले जानकारी दिए । ।