Sun Jun 26 2022
देश

पोखरामा असिनापानीले करोडौँको कृषिबाली नष्ट

कास्की । आइतबार परेको असिनापानीले पोखरामा करोडौं रुपैयाँ बराबरको कृषिजन्य उत्पादन र वस्तु नष्ट भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनएको छ ।

महाशाखाले पोखरा महानगरपालिकाका ९, ११, १३ र १८ वटामा सबैभन्दा धेरै क्षति भएको जनाएको छ । यी वडाबाहेक अन्य वडामा समेत क्षति भएको महाशाखाले जानकारी दिएको छ ।

ती वडामा लगाइएका तरकारी, नगदे वाली, फलफूल र तोरी तथा आलु लगायतका कृषिजन्य उत्पादन नष्ट भएको छ । तरकारी खेतीका लागि लगाइएका टनेल समेत असिनाले भत्काएको छ ।

आइतबार परेको असिनापानीले सडक अवरुद्ध गरेपछि त्यसलाई हटाउन डोजरको प्रयोग गर्नुपरेको थियो ।