Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

भारतीय राजदूतावसले ७४ औं सेना दिवस यसरी मनायो

काठमाडौं । फाल्गुण ८ गते भारतको ७४ औं सेना दिवसको अवसरमा नेपाल स्थित भारतीय राजदूतावसको रक्षा प्रभागले एक समारोहको आयोजना गरेर मनाएको छ ।

सन् १९४७ अगस्ट १५ तारिखमा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । यसै ऐतिहासिक दिनको सम्झना गरी भारतरभर उत्साहका साथ अगस्त १५ मा भारतीय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री जनरल प्रभुराम शर्मा समारोहको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति शर्माले सम्मान गरिएको थियो ।