जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा बैठक बजार अनुगमन गर्न सांसदको माग

राष्ट्रियसभा बैठक बजार अनुगमन गर्न सांसदको माग

राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ ।

आजको बैठकको शून्य सयमा सांसद उदयबहादुर बोहराले भने ‘दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिले समस्या भएको छ ।’ चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको जनाउँदै उनले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णप्रसाद पौड्यालले बझाङ जिल्लामा गएको भूकम्पबाट एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘भूकम्पबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था, खाद्यान्न लत्ताकपडा, औषधिलगायत सामग्रीको के कस्तो व्यवस्था गरिएको छ, घाइतेको उपचारका लागि सरकारले अहिलेसम्म के गरेको छ  यसको यथार्थ विवरण जानकारी गराउन सरकारलाई अनुरोध गर्दछु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका