जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने भएका छन् । गत मंगलबार गएको भूकम्पको केन्द्रबिन्दु बनेको बझाङको अवस्थाबारे जानकारी लिन शुक्रबार उनी त्यसतर्फ जाने भएका हुन् । यसअघि बिहीबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले बझाङमै गएर अवलोकन गरेर थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए ।मंगलबार दिउँसो ३ः ०६ बजे को समयमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट एकजनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका