Sun Jun 26 2022
मुख्य खबर

थप ३ सय १२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।