जोडिनुहोस
  • होमपेज
  • ‘रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन माधव नेपाल

‘रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन  माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गर्नुभएको छ ।

आज बिहीवार रौतहटको चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा अध्यक्ष नेपालले मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि आफूहरूलाई कसैले केही जानकारी नदिएको बताउनुभयो । ज्यान मार्ने अपराध पुष्टि भएर जन्मकैद भएको व्यक्तिलाई छुटाउनु कानुनी राज्यकै अपमान भएको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले यस विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने पनि बताउनुभयो । कानुन मिचेर काम गर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा उन्मुक्ति दिन नहुने उहाँको भनाइ छ ।

मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिनुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका