Sat Jun 25 2022
मुख्य खबर

प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, बिहीबार एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

सरकारले आइतबार एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश गरेको थियो ।