काठमाडौं । एमसीसी अनुमोदनको विरोधमा बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीसँगको झडपमा घाइते भएका एकजना आन्दोलनकारीलाई बानेश्वरस्थित एभरेष्ट अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले उनलाई ट्रमा सेन्टरमा पठाउने तयारी गरेको छ ।
प्रर्दशनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको छ ।