जोडिनुहोस
  • होमपेज
  • भूकम्पपीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

भूकम्पपीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् । प्रधानमन्त्री दाहाल भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका हुन्।

उनले भूकम्पले बढी क्षति पुर्‍याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्नेलगायत कार्यक्रम निर्धारण गरिएको छ । प्रधानन्त्री दाहालले चैरपुर र तालकोटमा भूकम्पबाट भएको क्षतिको जानकारी लिनेछन्।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्‍याएको छ ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा दुईजना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका