Tue Jun 28 2022
Breaking News

प्रतिनिसभाको आजको बैठक पनि स्थगित

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन लाई लिएर किचलो बढिरहेको बेलामा आज बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो।

बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए।

सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै आजको बैठक पनि स्थगित गर्न सरकार पक्षले आग्रह गरेको हो।

बिहीवारको बैठक पनि सरकारले नै आग्रह गरेर स्थगित गरिएको हो।